काठमाडौं – धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा नेत्रविक्रम चन्द विपलव समूहको संलग्नता रहेको आशंका गरिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पछिल्लो समय बम विस्फोटका घटनामा विप्लव समूहको संलग्नता रहँदै आएकाले प्रहरीको शंकाको सुई विप्लवतिर तर्सिएको हो ।
स्रोतकाअनुसार साहको घरमा बम झुन्ड्याउने ब्यक्ति विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने आशंका गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा महेन्द्रनगर घर भएका तथा विप्लव समुहमा आबद्ध रहेका एक जना व्यक्तिलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी स्रोतका अनुसार मृतक राजेशले ब्याजमा रुपैयाँ पैसाको लगानी गर्ने गर्थे । जस मध्ये विप्लव समुहमा लागेका व्यक्तिहरुलाई समेत उनले लेनदेन गर्ने गरेका थिए ।
शुक्रबार राति धनुषाको महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छन् ।
संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बस्दै आएका थिए । दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिएसओ) थिए ।




प्रतिक्रिया