बिओपी स्थापनाका लागि सेनाको स्काई ट्रकबाट सशस्त्रले हिल्सामा सामान लग्यो


काठमाडौं – चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि सशस्त्र प्रहरीले तयारी सुरु गरेको छ ।

बिओपी स्थापनाका लागि सशस्त्रले आवश्यक सामाग्री सुर्खेतबाट नेपाली सेनाको स्काई ट्रकबाट हुम्लाको सिमिकोट विमानस्थलमा पुर्याइएको छ ।

इन्सपेक्टर सुशिल केसीको कमाण्डमा भोली र पर्सीसम्म सिमीकोटबाट सामान लगेर हिल्सा पुग्नेछ । आवश्यक तयारी पूरा गरेपछि बिओपी स्थापना हुनेछ ।

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको थियो ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका विषयमा काम सुरु गरिसकेको छ ।

हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement