सरकारले गरेको वार्ताको हल्ला नियोजित षड्यन्त्र : विप्लव

सरकारले गरेको वार्ताको हल्ला नियोजित षड्यन्त्र : विप्लव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै सरकारले भनेको वार्ता नियोजित षड्यन्त्र मात्र भएको आरोप लगाउँदै यसबाट प्रभावित सञ्चार माध्यमहरूसँग अनुरोध समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टी्भित्र र सरकारमा उत्पन्न संकटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको संकेत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता्विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

गत साउन १५ गते देशभर एनसेलमाथि गरेको आक्रमणलाई उच्चस्तरको कार्बाही जनाउँदै एनसेलले देशको न्यूनतम कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले कार्बाही गर्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

एनसेलले गरेको उक्त कार्यलाई अपराधको संज्ञा दिंदै नसच्याए थप कार्बाही हुने र देश निकाला गर्न जनता समक्ष अपिल गर्ने जनाएको छ ।