उत्तर प्रदेशका सात सीमामा उच्च सतर्कता

उत्तर प्रदेशका सात सीमामा उच्च सतर्कता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको पछिल्लो राजनीतिक संकट र अस्थिरताबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका ७ जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।

उत्तर प्रदेशका प्रहरी महानिरीक्षक राजीव कृष्णले बुधबार लखनऊमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘“’नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका सबै सात जिल्लामा अलर्ट जारी गरिएको छ ।’

सशस्त्र सीमा बल (एसएसबी) का चौकी, स्थानीय प्रहरी चौकी र जाँच नाकाहरूलाई मजबुत पारिएको पनि उनले जनाएका छन् ।

प्रहरी महानिरीक्षकष कृष्णले पारवहन बिन्दुहरूलाई कडा निगरानीमा राखिएको सुरक्षा अधिकारीहरूले कडाइका साथ अनुगमन गरिरहेका जनाए । उनका अनसार सीमा क्षेत्रमा अस्थायी प्रभाव पर्न नदिन थप प्रहरी पनि परिचालन गरिएको छ ।

उत्तर प्रदेशका मन्त्री हरपाल सिंह चिमाले प्रदेश मुख्यमन्त्रीको निर्देशनमा जिल्लाहरूमा प्रहरी उपस्थिति बढाइएको र सीमा पार गर्ने आवागमनमा प्रतिबन्ध लगाइएको बताए । ‘नेपालमा परिस्थितिअनुसार थप कदम चालिनेछ, उनले भने ।

प्रहरी महानिरीक्षकले केन्द्र सरकारका सुरक्षा निकाय तथा नेपाली अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको बताए । “मैले एसएसबीका महानिरीक्षकसँग कुरा गरेको छु र केन्द्रका गृहमन्त्रालयमा वरिष्ठ अधिकारीहरूसँग बैठक पनि भएको थियो । ‘नेपालका सुरक्षा निकायहरूसँग निरन्तर सम्पर्कमा छौं ताकि कुनै सुरक्षा चुक नहोस्,’ उनले भने ।