एजेन्सी – बेलायती प्रधानमन्त्री बेरिस जोन्सन विवाह बन्धनमा बाँधिएका छन् ।
प्रधानमन्त्री जोन्सनले क्यारी साइमन्ड्ससँग क्याथोलिक वेस्टमिन्स्टर क्याथेड्रलमा विवाह गरेका हुन् । उक्त समारोहमा ३० जना पाहुनाहरूको सहभागिता रहेको बताइएको छ ।
५६ वर्षीय जोन्सनले क्याथोलिक वेस्टमिन्स्टर क्याथेड्रलमा ३३ वर्षीया साइमन्ड्ससँग विवाह गरेका हुन् ।उनीहरु सन् २०१८ बाट सम्बन्धमा रहेको बताइएको छ ।
प्रधानमन्त्री जोन्सनले यसअघि दुई वटा विवाह गरिसकेका छन् । उनको पहिलो बिहे २३ वर्षको उमेरमा अलेग्र मोस्टीनीसँग भएको थियो भने दोस्रो बिहे मेरिना ह्विलरसँग बिहे गरेका थिए । हाल उनले दुवैसँग डिभोर्स गरिसकेका छन् ।




प्रतिक्रिया