टिकाथलीमा बोरिङ खन्दा आगो निस्कियाे

टिकाथलीमा बोरिङ खन्दा आगो निस्कियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ खन्दा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

करिब तीनसय मिटर खनिसकेपछि आगोको ज्वाला निस्किएको हो। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।

भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ। यसको कारण पुष्टि हुन बाँकी छ ।