काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त, बौद्धको संयुक्त टोलीले प्रतिबन्धित रक्तचन्दनसहित बुधबार सांझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा र नोर्बुम पक्राउ गरेको पुष्टि गर्दै उनीहरुको साथबाट ८३ केजी रक्तचन्दन बरादद गरिएको जानकारी दिए ।
विशेष सुराकीको आधारमा प्रतिबन्धित रक्तचन्दनसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा रक्तचन्दनलाई प्रतिबन्ध लगाइएको छ ।
त्यहां बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि मालिक को हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले विस्तृत अनुसन्धानका लागि पक्राउ परेका दुवैसहित रक्तचन्दनलाई जिल्ला वन कार्यालय बुझाउने तयारी गरिरहेको छ ।




प्रतिक्रिया