काठमाडौंको बुटिक होटलमा प्रहरीको छापा, उच्च घरानाका ८ जना व्यापारी पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौंको एक होटलबाट जुवा खेलिरहेका व्यापारी ८ जना पक्राउ परेका छन् ।

दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका ८ जना व्यापारीसहित होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा व्यापारीहरु अशोककुमार अग्रवाल, सुरेश अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, बिमल अहुजा, विमलकुमार खेतान, नन्दकिशोर शर्मा, रामचन्द्र संघाई र होटल सञ्चालक कोलकताका मिक्की जोगाई रका छन् ।

वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी हुन् भने अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन् ।

उनीहरूको साथबाट प्रहरीले १ सय ७९ चिप्स र २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement