बक्सिङमा मिनु गुरुङले जितिन स्वर्ण

बक्सिङमा मिनु गुरुङले जितिन स्वर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा मिनु गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते हलमा ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै नेपाललाई स्वर्ण जिताएकी हुन् । यससँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४६ पुगेको छ ।