दुर्गा प्रसाईंको आन्दोलनमा मिसियो कांग्रेस (बीपी), ६ बुँदे सहमतिमा हस्ताक्षर

दुर्गा प्रसाईंको आन्दोलनमा मिसियो कांग्रेस (बीपी), ६ बुँदे सहमतिमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बिच सहमति भएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण, नागरिक बचाउ महाअभियान’ले आगामि मंसिर ६ गतेदेखि हुने आन्दोलनमा सहकार्य गर्ने सहमति भएको हो ।

आइतबार प्रसाईं र सुशीलमान शेरचनले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।

राष्ट्र, धर्म र नागरिकको रक्षा, साथै सुशासन तथा स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित यो सहकार्य भएको हो।

यस्तो छ ६ बुँदे सहमतिपत्र

–राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने ।

–आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुने ।

–आन्दोलनका क्रममा नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित अभियानमा सहभागी हुने स्वतन्त्रता दिइने ।

–आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने, बीपी कांग्रेसको तर्फबाट सहभागी टोलीको नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले गर्नेछ, जसले महाअभियानसँग सह–समन्वय गर्ने ।

– आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने । कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने ।

–सहकार्य सम्झौता र आन्दोलनबारे दुवै पक्षले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्ने ।