काठमाण्डु – बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट दिन आग्रह गरेकी छन् । शुक्रबार पोखरामा आयोजित राप्रपाको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले राप्रपालाई भोट दिन अपिल गरेकी हुन् ।
उनले भनिन्, ‘ढोकामा मौका आएको छ, यो मौकालाई हामीले खेर जान दिनु हुँदैन । त्यसैले म चाहन्छु, तपाईंहरुले राप्रपालाई धेरै भन्दा धेरै मत दिनुहोस् र जिताउनुहोस् ।’
उनले भनिन्, ‘तपाईंहरुलाई थाहा छ कि छैन । बीपी बा र श्री ५ महाराज महेन्द्र सरकार दुवै जना एकअर्कामा आदर राख्नुहुन्थ्यो । तर, उहाँहरुले कहिल्यैपनि सहकार्य गर्न पाउनुभएको थिएन । मुलुकले ठुलो मौका गुमाएको थियो । अहिले फेरि त्यस्तै मौका आएको छ । त्यो मौकालाई हामीले गुमाउनु हुँदैन । त्यसैले राप्रपालाई धेरै भोट दिएर जिताउनुस् ।’




प्रतिक्रिया