काठमाण्डु–अविरल वर्षाको कारण बीपी राजमार्ग अवरुद्ध भएको छ।
मंगलबार बिहान सवा- ११ बजे काभ्रेको रोशीमा लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका- ११ माम्तीस्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले दुबै तर्फको सडक अवरुद्ध भएको छ।
घटनास्थलमा अहिले ट्राफिक प्रहरीसहितको प्रहरी टोली खटिएको छ। स्थानीय तह र सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यस्तै धुलिखेलमा पहिरोसहितको रुख सडकमा सस्दा यातायात अवरुद्ध भएको छ।
धुलिखेल नगरपालिका- ७ फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै अरनिको राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सडकभन्दा माथिबाट पहिरो सहित खसेको रुखले बिजुलीको तारसमेत चँडाएको छ।
पहिरोको कारण सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्।
प्रतिक्रिया