रातको समयमा बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

रातको समयमा बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप – जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । 

गत वर्षको वर्षातले क्षतिग्रस्त बनेको राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारीसाधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म रोकको व्यवस्था लागू हुनेछ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । 

यसअघि भदौ १५ गते रातिसम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समयमा भदौ मसान्तसम्मको लागि लम्बिएको छ ।