बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारी वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए ।

आफूले बाढीले क्षति पुर्‍याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी सवारी सञ्चालन हुने उनले बताए ।

बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम भइरहेको छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुन्डेबेंसीसम्म रोशीमा आएको बाढी र पहिरोका कारण ५ दशमलव २ सय ४० किलोमिटर सडक पूर्णरूपमा ध्वस्त भएको हो।

गत वर्ष रोशीमै आएको बाढीले क्षति पुर्याएपछि अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको राजमार्गमा यस पटकको बाढीले मात्र झन्डै १२ करोड रुपैयाँ बढीको अस्थायी डाइभर्सनमा क्षति पुर्‍याएको छ।