बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिरो र लेदोले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार जिल्लाको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।