काठमाण्डु – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई कार्यकक्ष प्रवेशमा रोक लगाएका छन् । गिरीलाई बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले कार्यकक्षको ढोकामै रोकेका हुन् ।
प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले प्रवेशद्वारमा छेक्दै उपकुलपति गिरीको बहिगर्मन हुनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।
बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर उपकुलपति परिसरमा रहेको प्रतिष्ठानको झण्डोत्तोलन गर्ने प्रयास गरे पनि गिरीलाई आन्दोलनकारीहरुले झण्डोत्तोलन गर्न दिएनन् ।
त्यहाँबाट बाहिरिएर प्रतिष्ठानको पश्चिमी मैदानमा रहेको बीपीको प्रतिमामा उनले माल्याणर्पण गरेका थिए । आन्दोलनका कारण ओपिडी सेवा समेत बन्द भएर प्रतिष्ठान अस्तव्यस्त छ ।
प्रतिष्ठानको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष पदम नेपालीले बीपी प्रतिष्ठान शुद्धीकरण अभियानको माग समग्ररुपमा जबसम्म पुरा हुँदैन तबसम्म इमर्जेन्सी, कोभिड अस्पताल बाहेक ओपीडी र अन्य सेवा बहिष्कार गरेर सडकमै विरामी उपचारका लागि ओपिडी सेवा जारी राख्ने बताए ।




प्रतिक्रिया