सुनसरी – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालकी प्रमुखले राजीनामा दिएकी छन् ।
प्रमुख प्रा. डा. कृष्णा पोखरेलले व्यवस्थापन पक्षको अनावश्यक दबाबका कारण राजीनामा दिएको बताएकी छन् ।
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि खरिदमा दबाब दिएकाले आफूले राजीनामा दिएको उनले बताएकी छन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संक्रमितको उपचारमा प्रयोग हुने औषधि खरिदमा दबाब दिएको खुलेको छ ।
उनले संक्रमितलाई चाहिने सामाग्री उपलबध नगराउने र स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरेकोले राजीनामा दिएको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया