काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा असोज १६–२० गतेसम्म रातिको समय अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको छ ।
रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना –





प्रतिक्रिया