काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको हो ।
कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए ।
जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य महताले २–२ तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले १–१ विकेट लिए ।




प्रतिक्रिया