थोत्रिँदै छन् करोडका ब्रान्डेड गाडी

थोत्रिँदै छन् करोडका ब्रान्डेड गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय चिकित्सा आयोगको कार्यालयमा करिब पाँच करोड रुपियाँमा खरिद गरिएका ६ वटा नयाँ सवारी साधन थन्किएको करिब तीन महिना हुन लागे पनि त्यसलाई कसले कसरी चलाउने भन्ने अझै अत्तोपत्तो लागेको छैन।

ती सवारी साधनहरू आयोगको पार्किङस्थलमा अलपत्र अवस्थामा राखिएका छन्। आयोगका उपाध्यक्षका लागि खरिद गरिएको करिब १ करोड रुपियाँ बराबरको कालो रङको किया कम्पनीको सवारी साधन धुलाम्य भएको छ।

‘बिहान चालकले गाडी स्टार्ट गर्छ त्यसपछि त्यतिकै राखिएको अवस्था छ।’ –आयोगका एक कर्मचारीले भने।करारमा आएका ड्राइभरले गाडी चलाउँदैनन्। मन्त्रीको सचिवालयले दुई चालकलाई गाडी हेर्न पठायो, चलाउन पठाएन त्यसैले ब्रान्डेड गाडी बिग्रन थालेको छ। कर्मचारी ओसार्न खरिद गरिएको हायस देख्दै चालक तर्सिन थालेका छन्।

‘हामी त शिक्षा तथा मानव स्रोत विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डको गाडी चढ्न थालेका छौं, कार्यालयको हायस गाडी त्यतिकै थन्किएर बसेको छ।’ –एक कर्मचारीले  भने। याे खबर नेपाल समाचारपत्रमा छ ।