ब्रजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी, मृतकको संख्या ४९००० पुग्यो


एजेन्सी – ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५४ हजार ७७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार छ जनाको मृत्यु भएको छ । चारदिनदेखि हरेक दिन १२०० भन्दा बढीको मृत्यु भएको छ। कुल मृत्यु हुनेको सङ्ख्या ४९,००० पुगेको हो। ब्रजिल दश लाख कोभिड(१९ हुने दोश्रो मुलुक बन्न पुगेको छ।

परीक्षणको अभाव भएका कारण वास्तविक तथ्याङ्क अझ बढी हुने र प्रकोप अझ पनि उच्च विन्दुमा पुग्न केही हप्ता बाँकी रहेको विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनले महामारी “नयाँ र खतरनाक“ चरणमा प्रवेश गरेको घोषणा गरेको केही घण्टापछि ब्रजिलको नयाँ तथ्याङ्क सार्वजनिक भएको हो। अहिले ब्रजिल भन्दा धेरै सङ्क्रमण हुने देश अमेरिकामात्र भएको छ। ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारोले सङ्कटसँग जुझ्न अपनाएको उपायको तीव्र आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement