सहकर्मीलाई चुम्बन गरेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सहकर्मीलाई चुम्बन गरेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विवादित बनेका स्वास्थ्यमन्त्री ह्यानककले शनिबार राजीनामा दिएका हुन् । उनले सहकर्मी जीन कोलेड्यानजेलोलाई चुम्बन गरेको तस्विर त्यहाँको द सन पत्रिकाले छापको थियो ।

उनले प्रधानमन्त्री बोरिस जोनसनलाई लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने छ ।’ प्रधानमन्त्री जोनसनले स्वास्थ्मन्त्रीको राजीनामाले आफू दुःखी भएको बताएका छन् ।