काठमाण्डु– नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले पूर्णपाठ सार्वजनिक गरेको हो ।
बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत पाँच बुँदामा फ्रेमवर्क समेटिएको छ ।
पहिलो बुँदामा विस्तृत पृष्ठभूमि उल्लेख गरिएको छ। यसैअन्तर्गत सहकार्यका अन्य डकुमेन्टमा हस्ताक्षर हुने बताइएको छ।
दोस्रो बुँदामा सहकार्यका सिद्धान्तहरू राखिएको छ भने तेस्रो बुँदामा सहकार्यका चार उद्देश्य समेटिएका छन्।
यस्तै चौथो बुँदामा सहकार्यका प्राथमिकताहरू तोकिएका छन् भने पाँचौँ बुँदामा ‘वार्ताका लागि पहिचान गरिएका योजनाहरू पहिचान गर्ने’ उल्लेख गरिएको छ।
ऊर्जासँग सम्बन्धित जिलोङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार विद्युत प्रसारण लाइन याेजना उल्लेख गरिएको छ।
शिक्षा र स्वास्थ्यसँग सम्बन्धित मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालय र काठमाडौँ बैज्ञानिक केन्द्र र विज्ञान संग्रहालय परियोजना रहेका छन्।
उद्योग र व्यापारसँग सम्बन्धित एउटा परियोजना उल्लेख गरिएको छ। झापाको दमकमा निर्माण गरिने ‘चीन–नेपाल मैत्री उद्योग पार्क’ राखिएको छ। यसैगरी खेलकूदसँग सम्बन्धित परियोजनामा झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्सको निर्माणलाई राखिएको छ।
छैटौँ बुँदामा सहकार्यका लागि संयन्त्रहरूको बारेमा उल्लेख गरिएको छ। यसलाई १० वटा बुँदामा व्याख्या गरिएको छ।




प्रतिक्रिया