बीआरआई परियोजनावाट भुपरिवेष्टित मुलुकलाई फाइदा : ऊर्जामन्त्री पुन

बीआरआई परियोजनावाट भुपरिवेष्टित मुलुकलाई फाइदा : ऊर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा चलिरहेको बीआरआई आवद्ध देशका उर्जा मन्त्रीहरुको सम्मेलनमा कनेक्टिभिटीलाई बीआरआई परियोजनाले अझ विस्तार गर्नेवारे छलफल भएको छ । सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले चीनले अघि बढाएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) परियोजनाले नेपालजस्तो भुपरिबेष्टित राष्ट्रले ठूलो लाभ लिन सक्ने बताएका हुन् ।

यो परियोजनालाई दुबै देशले ‘विन-विन’ सहकार्यका आधारमा अघि बढाउन लागेकाले नेपाल जस्ता विकासशील राष्ट्रले अधिकतम् लाभ प्राप्त गर्नुपर्नेमा उनको जोड थियो । परियोजनाले यसमा जोडिएका देशबीचको आर्थिक सम्बन्धको विस्तार हुने भन्दै उनले यसले विभिन्न देशबीचका आपसी सहकार्यहरुको लागि ढोका पनि खोल्ने धारणा राखे ।

उनले विभिन्न देशबीच आर्थिक साझेदारीको वातावरणा तयार भएपछि खुलापन, सन्तुलित विकास, साझा लाभको पहिचान लगायतमा सहज अवस्था र वातावरण तयार हुने बताए । बीआरआईले विभिन्न देशबीच नीतिगत व्यवस्थाहरुबारे एकअर्कासँग सिक्न पनि मौका दिने र वित्तीय एकीकरणतर्फ डोरिन सहयोग पुग्ने मन्त्री पुनको भनाइ छ । उनले परवाहनबारको अनुसन्धानहरु बढाउँदै लैजान, रेल्वे सडक, नागरिक उड्डयन, बिजुली ग्रीड, सूचनाको अन्तरदेशीय सञ्जाल लगायतको विस्तार गर्न बीआरआईले मौका दिने मन्त्री पुनले बताए ।

उनले बीआरआई परियोजना लागू भएपछि अन्तर्रा्ष्ट्रिय रुपमा हुने दुईतर्फी ब्यापार विस्तारको सम्भावना पत्ता लगाउन, स्वतन्त्र ब्यापार सम्झौताका लागि आधार तयार गर्न, बन्दरगाह र सीमा क्षेत्रमा आर्थिक सहयोग विस्तार गर्न, बिजुली उत्पादन, जल संरक्षण, पूर्वाधारको विकास लगायतका थुप्रै विषयमा सहकार्य र सहयोग बलियो बनाउन परियोजना लाभदायी हुने पनि उल्लेख गरे ।

यसले गर्दा लगानीको वातावरण बन्ने र एक-अर्काको क्षेत्रमा संस्थानका शाखामार्फत सेवा पनि विस्तार हुन सक्ने पुनले जनाए । उनले यही परियोजनाका कारणबाट आपासी सहकार्य र क्षेत्रीय विकासले नयाँ गति दिने समेत बताए ।