काठमाण्डु – अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ११वटा खच्चडमध्य ९ वटाको सकुशल उद्धार गरिएको छ । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जानकारी दिए ।
अछामबाट दैलेख आउने क्रममा बिहान पुलको लट्ठा चुँडिदा खच्चड फसेका थिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसालिर्एको थियो । पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।
झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।




प्रतिक्रिया