राजधानीको चाबहिल र नयाँबानेश्वर चोकमा आकाशे पुल बन्ने

राजधानीको चाबहिल र नयाँबानेश्वर चोकमा आकाशे पुल बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले चाबहिल र नयाँबानेश्वर चोकमा आकाशे पुल बनाउने तयारी थालेको छ।

 

 

हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेकोमा थप दुई स्थानमा पुल निर्माणको तयारी थालिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

 

 

 

नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै शुरु गरिने उनले बताए।

 

 

 

आकाशे पुल बनाउने तयारीकासाथ कामपाले प्राविधिकसहितको टोलीसमेत गठन गरिसकेको छ।

 

 

 

‘नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्ने छ,’ मेयर शाक्यले भने, ‘एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्ने छन्।’