काठमाडौं – ब्रिटिस सेनामा कार्यरत निर्मल पुर्जाले सात महिनामा १४ अग्ला हिमाल आरोहण गरेर विश्व रेकर्ड बनाएका छन् । गएको अप्रिलबाट आफ्नो यात्रा शुरु गरेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सफल आरोहण गरेपछि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै आठ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए । सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड प्रदान गरेकी थिइन् । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् ।
यस्ता छन् निर्मल पुर्जाले हिमाल आरोहणका क्रममा बनाएका विश्व कीर्तिमानः
- अन्नपूर्ण, नेपाल, अप्रिल २३
- धौलागिरी, नेपाल, मे १२
- कञ्जनजङ्गा, नेपाल, मे १५
- सगरमाथा, नेपाल, मे २०
- लोत्से, नेपाल, मे २२
- मकालु, नेपाल, मे २४
- नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३
- जी १, पाकिस्तान, जुलाई १५
- जी २, पाकिस्तान, जुलाई १८
- के २, पाकिस्तान, जुलाई २४
- ब्रोड पिक, पाकिस्तान, जुलाई २६
- चो यू, चीन, सेप्टेम्बर २३
- मनास्लु, नेपाल, सेप्टेम्बर २७
- शीशापाङ्मा, चीन, अक्टोबर २९




प्रतिक्रिया