विराटनगर आईसीपीबाट कार्गाे सेवा सुरु गर्न समस्या

विराटनगर आईसीपीबाट कार्गाे सेवा सुरु गर्न समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्ने गरी रेलमार्ग निर्माण भएपनि तत्काल कार्गो रेलबाट सेवा लिन भने नेपालले नसकिने देखिएको छ । निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपि) सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिकरुपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने देखिएको हो ।

भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन बिस्तार गरिएको थियो । तर, नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहराले बताए । अहिले बनेको यार्डमा थोरै संख्यामा मात्र कन्टेनरहरु राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौंको संख्यामा कन्टेनरहरु ढुवानी गरेर ल्याउँछ । याे खबर समाचारपत्रमा छ ।