फेरि बढ्यो ब्रोइलर कुखुराको मूल्य, जिउँदो प्रतिकिलो २४० रुपैयाँ

फेरि बढ्यो ब्रोइलर कुखुराको मूल्य, जिउँदो प्रतिकिलो २४० रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढेको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी जिउँदो र तयारी दुवै कुखुराको नयाँ मूल्य निर्धारण गरेको हो ।

संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर २ सय ४० रुपैयाँ कायम गरिएको छ । यसअघि उक्त मूल्य २ सय ३० रुपैयाँ प्रतिकिलो थियो ।

तयारी कुखुराको मासु पनि महँगिएको छ । प्रतिकिलो ३ सय १५ रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासुको मूल्य १५ रुपैयाँले बढाएर ३ ुसय ३० रुपैयाँ पुर्‍याइएको संघले जनाएको छ।

बड्फ्ल्ु संक्रमण रोकएिसँगै कुखुराको मूल्य बढेको हो । पशु सेवा विभागले गत १ साउनदेखि नेपालभर बर्डफ्लु संक्रमण नदेखिएको जनाएको छ । संक्रमणका कारण जेठ र असार महिनामा कुखुराको मासुको मूल्य घटेको थियो । बड्फ्लु संक्रमणका कारण उत्पादन घटेकाले बजारमा माग बढेको व्यवसायीले बताएका छन् ।