सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच सहमति जुट्यो, पूँजीगत लाभकर नै अन्तिम कर हुने

सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच सहमति जुट्यो, पूँजीगत लाभकर नै अन्तिम कर हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आन्दोलनरत सेयर लगानीकर्ताहरू र अर्थमन्त्रालयबीच सहमति भएको छ। आन्दोलनरत सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो ।

अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले प्राकृतिक व्यक्तिको लागि हाल लिइएको पुँजीगत लाभकर नै अन्तिम लाभकर भएको स्पष्ट पारेको छ। ‘प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरू बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ।

त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिल भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।’, उक्त राजस्व व्यवस्थापन महाशाखाले भनेको छ । सहमतिसँगै सेयर कारोबार खुलेको छ ।

विद्यमान पुँजीगत लाभकर (५% र ७.५%)  नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकमा उत्रिएका थिए । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका थिए ।