काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने बताएका छन् ।
शुक्रबार कार्यसम्पादन समितिको बैठकका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका शर्माले पत्रकारहरूसँग कुरा गर्दै पार्टी विभाजन नहुने कुरामा विश्वस्त हुन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भने ‘विधानको व्यवस्थाअनुसार कार्यक्म गरेर जाँदा कांग्रेस फुट्दैन एक ढिक्का रहन्छ । कसैले आशंका नगरे हुन्छ । म सबैलाई ढुक्क बनाउन चाहन्छु, पार्टी एक ढिक्का रहन्छ ।’
शुक्रबार बिहान कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसको विवाद चुलिएको हो ।




प्रतिक्रिया