काठमाण्डु- काठमाण्डुबाट मात्रै पहिलो उडान गर्दै आएको बुद्ध एयरले मंगलबारदेखि धनगढीबाट पनि उडान सुरु गरेको छ । यसअघि काठमाण्डुबाट जहाज गएपछि मात्र धनगढीबाट यात्रुहरू काठमाण्डु उड्न पाउने गरेकामा आजदेखि कैलालीबाटै पहिलो उडान सुरु गरेको हो ।
बुद्ध एयरले मंगलवारदेखि पहिलो उडान धनगढी–काठमाण्डु सुरु गरेको छ । पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी पुगेको थियो । बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्नेछ ।
बुद्ध एयर धनगढीका इन्चार्ज माझीले आजदेखि नियमित रूपमा बुद्ध एयरले धनगढी– काठमाण्डु रुटमा उडान भर्ने बताएका छन् ।




प्रतिक्रिया