बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने


काठमाण्डु – कोरोना सङ्क्रमणका कारण स्थगित भएको (माउन्टेन फ्लाइट) पर्वतीय उडान पुनः शुरु भएको छ ।

कोरोना संक्रमणदर घट्दै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको हो । ९ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको कम्पनीले जनाएको छ ।

माउन्टेन फ्लाइटमा ठूलो जहाज (एटीआर) प्रयोग गरिनेछ । सोहीकारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रु सँगैको सिटमा बसेर यात्रा गर्न सक्ने छन् ।

वायुसेवा कम्पनीहरुले सगरमाथासहितका हिमाललाई नजिकबाट नियाल्न सकिने गरी माउन्टेन फ्लाइट गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस