पांग्रा फुत्किएको बुद्ध एयरको विमान काठमाण्डुमा अवतरण

पांग्रा फुत्किएको बुद्ध एयरको विमान काठमाण्डुमा अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनकपुरबाट उडान भर्दा पांग्रा फुत्किएको बुद्ध एयरको विमान काठमाण्डुमा सुरक्षित अवतरण गरेको छ ।

बिहीबार अपराह्न जनकपुरबाट काठमाण्डुका लागि उडान भरेको विमानको अगाडिको १ पांग्रा फुत्किएर जनकपुरमै छुटेको थियो । तैपनि विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

उनका अनुसार विमानको पांग्रा हराएकोबारे छानबिन भइरहेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जनकपुरबाट काठमाण्डु उडान नम्बर ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाण्डुमा सुरक्षित अवतरण गरेको जानकारी दिए ।