काठमाण्डु – बुद्ध एयरले काठमाण्डुबाट भैरहवा र नेपालगञ्जका लागि उडान संख्या थप गर्ने भएको छ ।
काठमाण्डुबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले भैरहवामा दैनिक ९ उडान गर्ने भएको छ । त्यस्तै नेपालगञ्जमा पनि पाँच उडान गर्ने भएको छ ।
बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो । त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान पनि थप गर्ने जानकारी दिएको छ । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ ।
बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाण्डु, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।




प्रतिक्रिया