नेपालगञ्ज–पोखरा उडान सुरु

नेपालगञ्ज–पोखरा उडान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बुद्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सञ्चालन गरेको छ । आज बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो ।

बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको जनाइएको छ । आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुने बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहले बताए ।

आज नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा गएका छन् ।