काठमाण्डु – बुद्ध एयरका पाइलट एजी शेर्पाको गल्ती भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाउँदै काठमाण्डुबाट विरोटनगर उडेको जहाजको पांग्रा नखुलेको विषयमा पाइलटको गल्ती देखाएको हो ।
समितिले प्रतिवदेनमा प्राविधिक रुपमा जहाज अवतरण गर्न सकिने अवस्था भएपनि पाइलट शेर्पाले ‘चेक लिस्ट’ नहेरेका कारण आकस्मिक अवतरण गर्नुपरेको उल्लेख गरिएको छ ।
गत असोज ११ गते ७१ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजको पांग्रा नखुलेपछि काठमाण्डुमा आकस्मिक अवतरण गरेको थियो ।
उक्त जहाज अनुभवी पाइलटले उडाएका थिए । छानबिन समितिले पाइलटले ल्याण्डिङ गियरमा समस्या देखिए इमर्जेन्सी चेकलिस्ट नहेरेको उल्लेख गरेको छ ।
प्राधिकरणले शेर्पाको पाइलट तीन महिनाका लागि सस्पेण्ड गरेको छ । कोपाइलटका लागि भने ५० घण्टा अतिरिक्त फ्लाइङ आवर थपिएको छ ।
ककपिट भ्वाइस रेकर्डर (सिभीआर) मार्फत तयार गरिएको विवरण अनुसार त्यो समय पाइलटले चेकलिस्ट नमागेको देखिएको छ । ७१ जना यात्रुको ज्यान बचाएको भन्दै पाइलट शेर्पाको सर्वत्र प्रशंशा भएको थियो । तर, प्राधिकरणले विकल्प हुँदाहुँदै पाइलटकै गल्तीका कारण जहाजलाई काठगमाण्डुमा आकस्मिक ल्याण्ड गर्नुपरेको बताएको छ।




प्रतिक्रिया