बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनकपुरबाट काठमाण्डु उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ। जहाज काठमाण्डु उड्नै लाग्दा यात्रुले मुसा देखेपछि स्थगित गरिएको हो । अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन्।

बिहान ९ः१५ बजे जनकपुरबाट काठमाण्डु उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

उक्त जहाज काठमाण्डुबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो। जहाजमा ४९ यात्रु रहेका थिए।