पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवामा अवतरण

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवामा अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरकाे जहाज भैरहवा डाइभर्ट भएको छ ।

आज बिहान ९ बजे पोखराबाट ७२ जना यात्रु लिएर उडेको बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को विमान मौसम खराबीका कारण भैरहवा डाइभर्ट भएको हो ।

जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिए । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको छ ।

पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो ।

त्यसमध्ये एउटा अवतरण भएको छ भने अर्को भिजिविलिटीका कारण भैरहवा अवतरण भएको हो ।