भारतको वाराणसीका लागि बुद्ध एयरले ३ उडान भर्ने, एकतर्फी भाडा कति छ ?

भारतको वाराणसीका लागि बुद्ध एयरले ३ उडान भर्ने, एकतर्फी भाडा कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुद्ध एयरले भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ। आज बुधबारदेखि बुद्ध एयरले वाराणसीको लागि तेस्रो उडान थप गरेको हो ।

यसअघि साताको सोमबार र शुक्रबारमात्रै वाराणसी उडान गरिरहेको बुद्ध एयरले अब बुधबार पनि उडान गर्ने भएको हो।

साताको तीन उडानले यात्रुलाई आउजाउमा थप सहयोग पुग्ने बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि उपलब्ध गराइरहेको छ। यात्रुलाई भारतको गया गएर सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ।

बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ। काठमाडौंबाट वाराणसीको सुरुवाती एकतर्फी भाडा ११ हजार ३ सय ६० रूपैयाँ रहेको छ। उडान समय काठमाडौंबाट ७ः१५ तथा वाराणसीबाट ८ः३० रहेको छ।