इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ। अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ–आज बिहान उडान नम्बर १०० नाइन एन एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको छ।