विराटनगर उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डु फर्काइयो

विराटनगर उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डु फर्काइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाण्डुबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्या आएपछि बीचबाटै पुनः काठमाण्डु फर्किएको छ ।

बिहीबार अपराह्न बरिब १ बजेतिर विराटनगरका लागि उडेको बुद्धको उडान नम्बर ७०७ मा प्राविधिक समस्या आएको हो ।


जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशुकल आकस्मिक अवतरण गराइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार जहाजमा समस्या आएपछि चालक दलका सदस्यले यात्रुहरुलाई पूर्वजानकारी दिएर काठमाण्डु विमानस्थलमा सकुशल अवतरण गराएका थिए ।

जहाजको प्राविधिक पक्षको अध्ययन भइरहेको कर्णले बताए ।