बुद्ध एयरले भन्योः रुघा लागे टिकट रद्ध गर्नू !

बुद्ध एयरले भन्योः रुघा लागे टिकट रद्ध गर्नू !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने व्यवस्था गरेको हो ।

कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमा जारी गरेको सूचनामा भनेको छ, ‘कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी र ज्वरो आएका व्यक्ति वा आफन्तले पनि हवाईयात्रा नगरिदिनुहुन वा विमानस्थल नगइदिनुहुन आग्रह गर्दछौं ।’

सूचनामा टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।