काठमाडौं – कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पोखरामा अलपत्र परेका ५८ पर्यटकलाई बुद्ध एयरबाट काठमाडौं ल्याइएको छ ।
सरकारले चैत १८ गतेसम्मका लागि गरेको लकडाउनअन्तर्गत आन्तरिक उडानसमेत प्रतिबन्धित भए पनि कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले देशका विभिन्न ठाउँमा अलपत्र परेका विदेशी नागरिकको उद्धार गरी उनीहरूकै देश पठाइदिने निर्णय बुधबार गरेको थियो ।
सोहीबमोजिम पोखरामा अलपत्र १५ पर्यटकलाई काठमाडौँ ल्याइएको हो । तिनमा धेरैजसो फ्रान्सका नागरिक छन् ।
उनीहरूलाई अब फ्रान्सले चार्टर्ड विमानमार्फत स्वदेश फर्काउने तयारी गरेको छ ।




प्रतिक्रिया