काठमाण्डु – हाल भारतकै वाणारासीमा उडान गर्दै आइरहेको बुद्ध एयरले जनकपुरबाट भारतको अयोध्यामा हवाइ उडान गर्न इच्छुक रहेको बताएको छ ।
नेपालको आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्सले जनकपुरबाट भारतको उत्तरप्रदेशको फैजावादमा उडान गर्न तयार रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले जानकारी दिए । भारत सरकारले फैजाबादमा रहेको विमानस्थलको मर्यादा पुरुषात्तोम नामाकारण गर्दै सन् २०२२ देखि अन्तर्राष्ट्रिय उडान गर्न मिल्नेगरी निर्माण गरिरहेको छ ।
बुद्धले उडानका लागि आन्तरिक तयारी गरिरहेको र अनुमतिका लागि नेपालको नियमक नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको जानकारी दिएको छ । जनकपुरबाट अयोध्या उडान भएमा त्यसको उडान दुरी पचास मिनेटको हुने बुद्ध एयरले जानकारी दिएको छ ।




प्रतिक्रिया