काठमाण्डु – विराटनगरमा अवतरण हुन नसकि काठमाण्डु फर्किएको बुद्ध एयरको जहाजका यात्रु अर्को उडानमार्फत विराटनगर प्रस्थान गरेका छन् ।
सोमबार बिहान एनआई कलसाइनको उडान नम्बर–७०१ को जहाज त्रिभुन अन्तराष्ट्रिय विमानस्थलबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि उडेको थियो । तर, विमानको ल्यान्डिङ गियरमा समस्या भएपछि पाइलटले विमानलाई काठमाण्डु फर्काएका थिए ।
काठमाण्डु ओर्लिएका ७३ जनामध्ये ४९ जनामात्र विराटनगरका लागि उडेका छन् । अन्य यात्रुलाई भने भोलि बुधबार पठाईको विमानस्थल कार्यालयले जनाएको छ । सोमबार बिहान काठमाण्डुको आकाशमा २ घण्टा घुमेपछि पाइलटले विमान सुरक्षीत अवतरण गराएका थिए ।




प्रतिक्रिया