राजपा कार्यकर्ताद्धारा जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी


जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले सांसद प्रमोद कुमार साहको पक्राउ विरोधमा बुद्ध एयरको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगलबार बुद्ध एयरको काउन्टर तोडफोड गरेको र कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी परेपछि राजपा सांसद शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही पक्राउको विरोधमा बुधबार जनकपुरधामको कदम चोकस्थित बुद्ध एयरको नगर कार्यालयमा राजपा कार्यकर्ताले तालाबन्दी गर्नुका साथै सांसद साहको रिहाइको माग गर्दै जनकपुरमा विरोध प्रदर्शनसमेत सुरु गरेको छ ।

राजपाले आज बिहान १ घन्टा जनकपुरको रामानन्द चोकमा सडक समेत अवरुद्ध गरेको थियो । तालाबन्दीपछि बुद्ध एयरको नगर कार्यालय वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच आजै सांसद साहमाथि अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले ४ दिनको म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement