बुद्धभूमिको आईपीओ खुला, कति कित्ता भर्न पाइन्छ ?

बुद्धभूमिको आईपीओ खुला, कति कित्ता भर्न पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुद्धभूमि नेपाल हाइड्रोपावरले आज सोमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले ८ लाख कित्ता आईपीओ निस्काशन गर्नेछ। कम्पनीले निस्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

सो सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा २५ असोसम्म आवेदन दिने मिति लम्बिने कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निस्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ।