बुद्धि तामाङले गरे अनु थिङसँग बिहे


काठमाण्डु -कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्।

तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए। बुद्धि र अनुको मागी विवाह भएको हो।

उनको विवाह समारोहमा पुगेका कलाकारहरूले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement