पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन

पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ललितपुर महानगरपालिका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।

बज्राचार्यको ८९ वर्षको उमेरमा साउन २ गते निधन भएको हो ।

उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

ललितपुरको कला संस्कृति र पुर्वाधार विकासमा योगदान गरेका बरिष्ठ राजनीतिज्ञ बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।

२०२७ सालमा नगर पन्चायतको वडाध्यक्ष भएर राजनीति र समाजसेवामा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए ।